Logo

ओली र प्रचण्डसँग भेटेपछि प्रधानमन्त्री देउवाले थाले आन्तरिक छलफल, महान्यायाधिवक्ता खातीपनि सहभागी



काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा आन्तरिक परामर्शमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग २ घण्टा लामो छलफललगत्तै प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा जुटेका हुन् ।

उनीसँग यतिवेला छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडु र महान्यायाधिवक्ता खम्मबहादुर खाती सहभागी छन् । सरकारले भोलि नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ।

त्यसको लागि आवश्यक तयारी गर्न उनीहरु छलफलमा जुटेको बताईएको छ । निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गराउने समझदारी गरेका थिए । भोलि मन्त्रिपरिषद्को बैठक राखेर निर्वाचनको मिति घोषणा गर्ने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्