Logo

देउवा-ओलीबीच ‘भद्र सहमति’: वैशाखमा चुनाव, एमसीसी पारित गर्न बढ्ने



काठमाडौं, २४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भद्र सहमति भएको छ । यो सहमतिसँगै ओलीको चाहना अनुसार देउवा वैशाखभित्रै स्थानीय तहको चुनाव गर्न तयार भएका छन् । उनले मन्त्रिपरिषदबाट निर्णय गराएर चुनावको मिति सिफारिश समेत गरेका छन् ।

३० वैशाखमा चुनावको मिति तय गरी सिफारिश भएको छ । यो ओलीको माग थियो । स्थानीय चुनावको मिति घोषणासँगै देउवा र ओलीबीच भद्र सहमति भएको खुलेको हो ।

विश्वस्त स्रोतका अनुसार सहमति अनुसार ओलीले एमसीसी पारित गर्न साथ दिनेछन् । सत्ता गठबन्धन पनि चाँडै तोडिनेछ ।

एमसीसी पारित गर्न अवरोध गरेमा सभामुख अग्निप्रसाद सापकोटालाई समेत हटाउने प्रस्ताव ल्याउने गरी तयारी भइसकेको बुझिएको छ । लामो तयारी पछि यो सहमति भएको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्