Logo

महाभारतका ‘भीम’ प्रवीणकुमार सोबतीको निधन



एजेन्सी, २५ माघ । बीआर चोपडाको महाभारतका भीम प्रवीण कुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । उनलाई मेरुदण्डको समस्या थियो । तर, मृत्युको कारण भने खुल्न सकेको छैन् ।

अभिनयमा आउनुअघि उनी ह्यामर र डिस्कस थ्रो एथलीट थिए। उनले एसियाली खेलकुदमा २ स्वर्ण, १ रजत र १ कास्यसहित ४ पदक जितेका थिए ।

उनले दुई ओलम्पिकमा भारतको प्रतिनिधित्व समेत गरिसकेका छन् । खेलकुदमा राम्रो योगदान गरेको भन्दै उनलाई अर्जुन पुरस्कार प्रदान गरिएको हो



प्रतिक्रिया दिनुहोस्