काठमाडौं, २५ माघ । दोस्रो त्रैमाससम्म जीवन विकास लघुवित्तको खुद नाफा ९.१० प्रतिशतले बढेको छ ।
संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ९.१० प्रतिशतले बढेर ४० करोड १६ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, खुद ब्याज आम्दानीमा ३२.६५ प्रतिशत र सञ्चालन नाफामा ४४३.२२ प्रतिशतले सुधार आएको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।
कम्पनीको रिजर्भ कोषमा ७४.४० प्रतिशत सुधार आएको छ । साथै, कम्पनीको प्रतिसेयर आम्दानी १३२ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ ३८३ रुपैयाँ ७ पैसा रहेको छ ।