ललितपुर, २५ माघ । रिङरोड खण्डमा साइकल लेन बनाउने टेण्डर आह्वान गरिएको छ । ललितपुर महानगरपालिकाले १ करोड ९४ लाख २८ हजार १ सय ३४ रुपैयाँमा साइकल लेन बनाउने गरी प्रस्ताव मागको सूचना सोमबार जारी गरेको हो ।
महानगरपालिकाले सूचनामा पुरानो साइकल लेनमा पुनः रंग लगाउन पनि टेण्डर आह्वान गरेको छ । ४९ लाख ३३ हजार ७ सय आठ रुपैयाँमा महानगरभित्रका साइकल लेनको पुनः मर्मत गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।