Logo

कमल थापाले राप्रपा छाडे (विज्ञप्तिसहित)



काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टी छाडेको घोषणा गरेका छन् । उनले गृहजिल्ला मकवानपुर पुगेर पत्रकार सम्मेलनमार्फत् राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।

थापाले भने,‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु ।’ थापाले राजनीतिमै क्रियाशील हुने बताए । उनले नयाँ पार्टी खोल्नेबारे भने केही खुलाएनन् ।

थापाले विगतमा गीता छोएर कसम खाँदै राप्रपा कहिले नफुटाउने भनेका थिए । तर, राप्रपाको अध्यक्षमा पराजित भएपछि उनले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्