Logo

एमसीसी र चुनावमा दवाव बढेपछि दाहाल–नेपालबीच भेटवार्ता



काठमाडौं, माघ २६। एमसीसी र स्थानीय तहको निर्वाचनले मुलुकमा उथलपुथल भएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा जसरीपनि गठबन्धन जोगाउने, एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध लगायतका बिषयमा छलफल भएको छ ।

एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निकटता बढाइरहेका बेला दाहाल र नेपालबीच भेटवार्ता भएको छ । एमसीसी संसदमा पेस गर्ने विषयमा सहमति हुन नसक्दा आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फागुन २ गतेलाई सारिएको छ ।

एमसीसीको कारण सत्ता गठबन्धन नै टुट्ने चर्चा चलिरहेको बेला गठबन्धनमा आवद्ध प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीचको एकता नटुटोस भन्ने चाहाना अनुसार नै आजको बैठक केन्द्रित रहेको स्रोतले जनाएको छ ।

एमसीसीको कारण कुनैपनि हालतमा गठबन्धन तोड्न नहुने पक्षमा दाहाल नेपालले आजको छलफलमा जोड दिएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्