Logo

एमसीसी नेपालको हितमा छ, यो संसद्मा टेबुल हुनुपर्छ : प्रवक्ता डा. महत (भिडिओसहित)



काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीलाई नेपालमा अनावश्यक रुपमा विवादित बनाईएको बताएका छन् । उनले एमसीसी सम्झौता भएको धेरै वर्षपछि अचानक विवादमा ल्याईएको पनि गुनासो पोखे । तर, अब चाँडै एमसीसी टुँगो लगाउनुपर्नेमा उनले जोड दिए ।

उनले भने,‘संसद्मा एमसीसी टेबुल हुनुपर्छ । एमसीसी अनुदान सहयोग हो । यो नेपालको हितमा छ । यत्रो ठूलो अनुदान सहयोग हतपत्ति पाईँदैन् ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमसीसी धेरै नै पारदर्शी रहेको जिकिर गरे ।

उनले एमसीसीलाई लिएर नचाहिने बहस भएको पनि गुनासो पोखे । उनले भने,‘के एमसीसीको डकुमेन्ट सारा जनताले पढेका छन् त ? तर, केही व्यक्तिले एमसीसी पारित भयो भने देश नै समाप्त हुन्छ भनेर हौवा पिटाईएको छ ।’



प्रतिक्रिया दिनुहोस्