काठमाडौं, २६ माघ । निर्वाचन आयोगले आज विज्ञहरूसँग छलफल गर्दैछ । आयोगले स्थानिय तहको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्ने भएको हो ।
आयोगले आज परामर्श लिन सरकारका आइटी विज्ञहरूलाई बोलाएर मेसिनको प्रयोगको सम्भावना र चुनौतीका विषयमा छलफल गर्न लागेको जनाइएको छ ।
सरकारले स्थानीय तहको चुनाव वैशाख ३० गते गर्ने निर्णय गरेको छ।