काठमाडौं, माघ २७ । काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पहिलो पटक बस्न लागेको बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी, भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्लाका विषयमा छलफल हुने जनाइएको छ ।
आज बस्ने बैठकको तयारीका बिषयमा मङ्गलबार र बुधबार कांग्रेस पदाधिकारीबीच आन्तरिक छलफल भएको थियो ।