काठमाडौं, २७ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले टोटेनहममाथि जित निकालेको छ ।
बुधबार राति भएको खेलमा टोटेनहमलाई साउथह्याम्पटनले ३–२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १८औं मिनेटमा जान बेडनारेकको आत्मघाती गोलबाट टोटेनहमले सुरुआती अग्रता बनाएको थियो ।
तर, २३औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै साउथह्याम्पटनलाई १–१ को बराबरीमा फर्काएका थिए ।
७०औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई २–१ को अवस्थामा ल्याए ।
तर, ७९औं मिनेटमा साउथह्याम्पटनका मोहमेदले गोल गर्दै खेललाई २–२ को बराबरीमा स्थितिमा ल्याए ।
साथै, खेलको ८२औं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई ३–२ को जित दिलाए ।
यस जितसँगै साउथह्याम्पटनले २३ खेलमा २८ अंक जोड्दै दशौँ स्थानमा रहेको छ ।
यस्तै, २१ खेलमा ३६ अंक जोडेको टोटेनम सातौं स्थानमा रहेको छ ।