Logo

एमसीए नेपालका कार्यकारी प्रमुख विष्टलाई ऋषि धमलाको प्रश्न : एमसीसी संसदबाट किन अनुमोदन गराउनुपर्ने ? (भिडिओसहित)



काठमाडौं, २७ माघ। एमसीए नेपालका कार्यकारी प्रमुख खड्गबहादुर विष्टले एमसीसी सम्झौताको पूर्व शर्तमध्ये सदनबाट यसलाई अनुमोदन गर्नुपर्ने बताएका छन् । उनले एमसीसी सम्झौता अन्तर्राष्ट्रियस्तरको सम्झौता भएकोले यसलाई सन्धीको रुपमा लिईएको सुनाए ।

नेपालकै सन्धी ऐनले पनि यस्ताखाले सम्झौता संसद्बाट पारित गर्ने कुरा गरेको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमसीसी कम्प्याक्ट सदनबाट अनुमोदन गराउँदा राम्रो हुने भनेर कानून मन्त्रालयले पनि सुझाव दिएको सुनाए । उनले एमसीसी साधारण बहुमतले पारित गराउँदापनि हुने जनाए । एमसीसीका पूर्व तयारीका काम भने भैरहेको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्