काठमाडौं, २७ माघ । साताको कारोबारको अन्तिम दिन प्रि ओपन सेसनमा नेप्से सूचक झिनो अंकले घटेको छ ।
प्रि ओपन सेसनमा नेप्से सूचक ०.१९ अंकले घटेको छ । यो सँगै सूचक २८१३.३३ विन्दुमा आइपुगेको छ । नेप्से ०.०१ प्रतिशतले घटेको हो ।
१४ कम्पनीको २२८३ कित्ता सेयर खरिदबिक्री भएका छन् । यस सेसनमा कुल १६ वटा कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।