Logo

यमनी हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदीलाई सहयोग गर्ने अमेरिकाद्वारा आश्वासन



एजेन्सी, २७ माघ। यमनी हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदी अरबलाई सहयोग गर्ने अमेरिकाले सहयोगको आश्वासन दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी राजा सलमान विन अब्दुल्लाहजिज अलसाउदलाई टेलिफोन गरी हुथिको आक्रमण विरुद्ध सहयोग गर्ने आश्वासन दिएका हुन् ।

हुथी व्रिदोहीहरुले साउदी अरब र युएईका मूख्य मूख्य क्षेत्रमा ड्रोन र मिसाइल आक्रमणको गति बढाएपछि ह्वाइटहाउस सहयोगका लागि अघि सरेको हो । यमनमा झण्डै सत्ता कब्जाको चरणमा पुगिसकेका हुथी विद्रोहीलाई दबाउन सन् २०१५ मा अमेरिकी सहयोग र साउदी अबरले अगुवाई गरेको बदला लिन हुथी विद्रोहीले साउदी र खाडीका अन्य देशहरुलाई निशाना बनाउँदै आएका छन् ।

हुथीको आक्रमण बढेपछि अमेरिकाले साउदी र युएईमा रहेका आफ्ना नियोग र नागरिकलाई यस अघि नै सचेत रहन भनिसकेको जनाइएको छ । हुथी विद्रोहीहरुलाई इरानले सहयोग गरेको दाबी पनि गरिंदै आएको छ । खाडी देशहरुका संवेदनशील अखडाहरुमा हुथी विद्रोहीले निशाना लगाउँदै आएकोमा पछिल्लो समय ब्यापारिक कम्प्लेक्समा समेत आक्रमण गर्दा सर्वसाधारण समेत मारिन थालेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्