Logo

काठमाडौंबाट नक्कली मृत्यु प्रमाण–पत्रसहित पक्राउ



काठमाडौं, २७ माघ । नक्कली मृत्यु प्रमाण–पत्र (डेथ सर्टिफिकेट)सहित चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौंको टेकु अस्पतालमा झोलामा नक्कली डेथ सर्टिफिकेट बोकेर हिँडिरहेको अवस्थामा महानगरीय प्रहरी बृत्त कालीमाटीले चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ईजे०५०९२७७ नम्बरको राहदानी वाहक चिनियाँ नागरिक वाङ याङ छन्। उनको साथबाट पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी कागजपत्र समेत प्रहरीले बरामद गरेको छ।

चिनियाँ नागरिक वाङले ग्रीन सिटी अस्पतालको नामबाट जारी भएको नक्कली डेथ सर्टिफिकेट बोकेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार वाङविरुद्ध अनुसन्धानका लागि काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्