Logo

दोहोरो अंकले नेप्से घट्दा ३ अर्बको कारोबार



काठमाडौं, २७ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसुचक आज ११ दशमलव ९६ अंकले घटेर २८ सय १ दशमलव ५६ विन्दु कायम भएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ७० अंकले घटेर ५२७ दशमलव २८ विन्दुमा थामिएको हो ।

साताको कारोबारको अन्तिम दिन बिहीबार आज नेप्से २२७ कम्पनीको ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० रुपैयाँ बराबरको शेयर कारोबार भएको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्