Logo

अफगानिस्तानमा तालिवान विरोधी महिलाहरु वेपत्ता पारिए



एजेन्सी, २७ माघ । अफगानिस्तानमा मुस्लिम अतिवादी समूह तालिवानले सत्ता हातमा लिएपछि महिलाको स्वतन्त्रतामाथि अंकुश लगाएको छ । महिलालाई शिक्षाबाट वञ्चित गरेको छ । यसको विरोधमा महिलाहरु सडकमा उत्रिए । तर, त्यसमाथि तालिवानले दमन गरे ।

अफगानिस्तानमा तालिवानको विरोधमा उत्रिएका महिलाहरु वेपत्ता हुन थालेका छन् । विरोधमा उत्रिएका महिलाहरु वेपत्ता हुन थालेको विषयलाई संयुक्त राष्ट्रसंघले उठाएको छ । राष्ट्रसंघले अधिकारकर्मी, पत्रका, पूर्व सरकारी तथा सुरक्षाकर्मी वेपत्ता बनाइएको विषय उठाएको हो ।

बीबीसीले वेपत्ता पारिएकाहरुबारे अध्ययन अनुसन्धान बढाएको उल्लेख गरेको छ । पीडित परिवारले परिचय नखुलाई जीवन रक्षाको अनुनय गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्