२८ माघ : जर्मनी र इजरायलका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । जर्मन विदेशमन्त्री अन्नलेना बारबोक र इजरायलका विदेशमन्त्री यायीर लापिदबीच बिहीबार तेल अबिबमा भेटवार्ता भएको हो ।
सो भेटवार्ताका क्रममा उनीहरुका बीचमा इरानी आणविक सम्झौताका बारेमा कुराकानी भएको बताइएको छ ।
सन् २०१५ मा भएको इरान आणविक सम्झौतका बारेमा उनीहरुको भेट केन्द्रित भएको इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।जर्मनीसहित विश्वका पाँच शक्तिसम्पन्न देश र इरानका बीचमा सन् २०१५ मा सो आणविक सम्झौता भएको थियो ।
सो सम्झौता इरानले पालना नगरेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि आवश्यक मात्रामा केही समय यतादेखि छलफल जारी रहेको छ । त्यस सम्झौतामा सहभागी देशहरुले केही समय अघि अष्ट्रियाको राजधानी भियनामा पनि छलफल गरेका थिए ।-सिन्ह्वा/Photo: Agency