Logo

६ महिनामा कोरोना रोकथाममा झण्डै १० अर्ब खर्च भयो : अर्थ मन्त्रालय



काठमाडौँ, २८ माघ। चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिना (साउन–पुस)मा कोरोना भाइरसको रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको हो ।

यसमध्ये संघीय सरकारले सबैभन्दा धेरै ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । ७ वटा प्रदेशबाट १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय तहबाट भने ६ करोड ६६ लाख रुपैयाँ खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा भने कोरोना रोकथाममा १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको थियो । त्यसमा १० अर्ब ७३ करोड रुपैयाँ संघीय सरकारले खर्च गरेको तथ्यांक छ । सो आवमा प्रदेशले २ अर्ब २८ करोड ४७ लाख र स्थानीय सरकारले २९ करोड ७८ रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्