Logo

एमसीसीलाई संसदीय प्रक्रियाबाट निकास दिनुपर्ने डा. कोइरालाको भनाई



काठमाडौँ, २८ माघ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई संसदीय प्रक्रियाबाट निकास दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले एमसीसीसँग कुटनीतिक कौशलता र नेतृत्व क्षमता जोडिने संसदीय प्रक्रियाबाट निकास दिनुपर्ने बताएका हुन् ।

एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सीमित नरहेको भन्दै उनले यसमा गम्भीर बनेर सम्भव भए राजनीति दलहरूबीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रक्रियाबाट अघि बढाउनुपर्नेमा जोड दिएक छन् । उनले भने, ‘एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रकृयामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरू तेर्सिने देख्दैछु ।’

फरक प्रसङ्गमा नेता कोइरालाले राजनीतिक आदर्श विपरीत अप्राकृतिक गठबन्धन गर्न नहुनेतर्फ जोड दिँदै पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरूको न्यायोचित व्यबस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्ने दाबी गरे । नेता कोइरालालेले स्थानीय तहको जितको बलमा प्रदेश र संघीय निर्वाचनमा समेत कांग्रेसले एक्लै बहुमत प्राप्त गर्न सक्ने जिकिर गरे ।-File Photo



प्रतिक्रिया दिनुहोस्