एजेन्सी, २८ माघ । चीनको चुनौती बढ्दै गएको निष्कर्षमा पुगेका अमेरिका, भारत, जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरु मेलबर्नमा भेला भएका छन् । क्वाड भनिने चार देशको एलायन्सको चौंथो बैठकमा सहभागी हुन उनीहरु मेलबर्न पुगेका हुन् ।
चीनले सैन्य शक्ति बढाउँदै लगेपछि क्वाड आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । उनीहरुले इन्डो प्यासिफिक क्षेत्रमा रणनीतिक विषयमा छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
क्वाड बैठकमा भाग लिन पुगेका भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी विदेशमन्त्री एन्टोनी बिलिनकेनसँग भेटवार्ता गरेका छन् ।