एजेन्सी, २९ माघ। विश्वप्रसिद्ध अमेरिकी प्रोफेसर नोम चोम्स्कीले भारतमा इस्लामविरुद्धको पूर्वाग्रह ‘इस्लामोफोबिया’ बढ्दै गइरहेको बताएका छन् । यस्तै, उनले नरेन्द्र मोदी सरकारले भारतको धर्मनिरपेक्षता र लोकतन्त्रलाई अन्त्य गरिरहेको आरोप समेत लगाएका छन्। अमेरिकामा रहेको प्रवासी संगठनले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
भारतमा पछिल्लो समय मुस्लिम महिलाले लगाउने बुर्काको विषयलाई लिएर विवाद बढ्दै गएको बेला ‘भारतमा घृणायुक्त भाषण र हिंसाका कारण बिग्रिँदै गएको स्थिति’ विषयमा चर्चा गर्ने क्रममा उनले मोदी सरकारको आलोचना गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
सम्बोधन गर्दै उनले भनेको बिषयलाइ उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘ पश्चिममा इस्लामोफोबिया बढ्दै गइरहेको छ। भारतमा भने यसले सबैभन्दा घातक रुप लिइरहेको छ। नरेन्द्र मोदी सरकारले भारतको धर्मनिरपेक्षता लोकतन्त्रलाई व्यवस्थित रुपमा अन्त्य गरिरहेको छ र हिन्दु राष्ट्र बनाइरहेको छ। स्वतन्त्र विचार र मुसलमानको विरुद्ध र शिक्षा प्रणालीमा आक्रमण गरेर यसले अन्य पनि लिइरहेको छ।’ उनले कश्मीरमा मुसलमानप्रति अत्याचार भएको इतिहास पहिलादेखि नै रहेको तर मोदीको ‘दक्षिणपन्थी र राष्ट्रवादी शासन’मा अत्याचार झनै बढेको बताएका छन्।-Photo: Agency
"Pathology of Islamophobia is taking its most lethal form in India, where Narendra Modi government is systematically dismantling Indian secular democracy."
~~Professor Noam Chomsky said during a special Congressional Briefing on “Worsening Hate Speech & Violence in India." pic.twitter.com/sLFqgvpuAA
— Indian American Muslim Council (@IAMCouncil) February 11, 2022