Logo

ऋषि धमलाको अन्तर्वार्तामा प्रचण्ड भावुक बनेपछि…(भिडिओसहित)



काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब छिट्टै पार्टीका नेताहरु गाउँ गाउँमा पुग्ने र जनताको बीचमा बस्ने बताएका छन् । उनले हालै सम्पन्न भएको महाधिवेशनमा विचारको संश्लेषण गरिनुपर्ने आवाज उठेको भन्दै यसतर्फ नेतृत्वले पर्याप्त ध्यान दिने बताएका छन् ।

उनले प्रचण्डपथ हटाउँदा महाधिवेशन वा राष्ट्रिय सम्मेलन गरेर हटाएको भए राम्रो हुने थियो भन्ने पनि सुनाए । उनले अब बस्ने केन्द्रीय कमिटी बैठकले छिट्टै पदाधिकारी टुँगो लगाउने विश्वास दिलाए । उनले महासचिव चयनको लागि पनि कुनै समस्या नरहेको जिकिर गरे । उनले आफूले जनार्दन शर्मा र वर्षमान पुनलाई पनि बोलाएर मिलेर आउन आग्रह गरेको सुनाए। उनले प्रचण्ड सौखिन भएको भनेर आरोप लगाउनुमा कुनै सत्यता नभएको जिकिर गरे ।

उनले भने,‘म शान्ति प्रक्रियामा आएपछि अलिक दबाबमा काम गर्नु परेको छ, तपाईँले भन्नुभयो नि आराम, ऐस गरेको भन्ने कुरा, जनयुद्धको बेलामा त सुट लगाईन्न थियो, अहिले सुट नलगाई सट–पाईन्ट मात्रै लगाएर कट्टु लगाएर हुँदैन् । त्यसैलाई भनेको हो कि सौखिन, खानेकुरा आजभोलि मेरो यहाँ भान्छामा जे पाक्छ, यो भन्दा राम्रो त रुकुम र रोल्पामा पाक्दथ्यो । जनयुद्धको बेलामा मेरो छोराछोरी सबै युद्धमा नै थिए, प्रकाश त बन्दुक नै बोकेर हिँड्थ्यो, पुरै गार्ड बसेर हिँड्ने हो, शान्ति प्रक्रियामा आएपछि उ गयो, छोरी गई, अनि मैले सौखको जीवन बिताएको छु त ? यो सत्य होईन ।’



प्रतिक्रिया दिनुहोस्