Logo

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि कानूनमन्त्री बडुको यस्तो प्रतिक्रिया (भिडिओसहित)



काठमाडौं, १ फागुन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले न्यायालयमा देखिएको अवरोध फुकाउनको लागि आफूहरुले महाभियोग प्रस्ताव दर्ता गराएको स्पष्ट पारेका छन् । संसद् सचिवालयमा प्राइम टिभीसँगको कुराकानीमा मन्त्री बडुले यस्तो बताएका हुन् ।

उनले भने,‘न्यायपालिकाभित्र यसरी विवाद छताछुल्ल हुनुहुँदैन थियो । यसरी बन्धक बनाएर राख्न हुँदैन थियो । हामीले न्यायालयको समस्याको समाधानको लागि आग्रह गरेका थियौं । संवैधानिक निकास खोजिएको थियो । तर, त्यो भएन । त्यही भएर हामीले संवैधानिक निकास खोजेका हौं । यो अब संसद्को विषय हो । संवैधानिक निकासमात्रै बाँकी रहेको थियो । सबै सांसदले विवेक प्रयोग गर्छन् ।’



प्रतिक्रिया दिनुहोस्