काठमाडौं, १ फागुन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट हुने भएको छ ।
आज साँझ ५ बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले रू। ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
कुल कित्ता आईपीओमध्य कम्पनीले शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषलाई सुरक्षित गरि बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।
कम्पनीको आईपीओमा २६ लाख ५९ हजार ५४० जनाले ३ अर्ब २५ करोड २० लाख ५८ हजार बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन दिएका छन् ।