Logo

१ सय अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार



काठमाडौं, १ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन (आइतबार) सबै सुचक राताम्मै छन् । नेप्से परिसुचक आज १०० दशमलव ६७ अंकले घटेर २७ सय दशमलव ८९ विन्दुमा थामिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटीभ इन्डेक्स पनि आज १५ दशमलव ६२ अंकले घटेर ५११ दशमलव ६६ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २२७ कम्पनीको ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर खरिद विक्रि भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्