काठमाडौं, १ फागुन । शेयर बजारमा आज उच्च अंकको पहिरो गएको छ । साताको कारोबारको पहिलो दिन आज १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर खरिद बिक्रि हुँदा ५ अर्ब ९७ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेको अनुसार आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको आज ३२ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
अरुण कावेली पावर कम्पनीको २८ करोड ३९ लाख रुपैयाँ, निफ्राको २५ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ । त्यस्तै, आज नेशनल हाइड्रोपावरको २५ करोड २७ लाखमाथिको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।