काठमाडौँ, २ फागुन। नेपाल र आयरल्याण्डबीचको चारदेशीय टी-२० सिरिजको अन्तिम खेल आज अपरान्ह ४ः४५ बजेदेखि सुरु हुने छ। ओमानस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा आज उक्त खेल हुनेछ। यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो। तर दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।
आयरल्यान्ड र नेपालबीच हालसम्म दुई टी-२० खेल भएको छ। दुबै खेलमा आयरल्यान्डले विजयी भएको छ। २०१५ को टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल आयरल्यान्डसँग ५३ रनमा अल आउट हुँदै ८ विकेटले पराजित भएको थियो यस्तै २०१९ मा पाँच देश सम्मिलित टी-२० आई सिरिजमा नेपाल १३ रनले पराजित भएको थियो। १ सय ४६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १९.५ ओभरमा १ सय ३२ रनमा अल आउट भएको थियो।-Photo Source: CAN