Logo

श्रीमतीले मोबाइल बिगारेपछि हत्या गरेर प्रहरी कार्यालयमा पुगे श्रीमान



झापा, २ फागुन । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३४ वर्षीया अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ परेका हुन् ।

मोबाइल बिगारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्