Logo

अब कोरोना खोप लगाउन कुनै परिचयपत्र आवश्यक नपर्ने



काठमाडौं, २ फागुन । कोरोना भाइरसविरुद्धको खोप लगाउन परिचय पत्र आवश्यक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन बाँकी नागरिकहरुलाई मन्त्रालयले अबदेखि परिचयपत्र आवश्यक नपर्ने गरी यस्तो निर्णय गरेको हो ।

देशमा धेरै नागरिकहरुले परिचयपत्रको अभावमा खोपबाट बञ्चित भएको गुनासो आएपछि आइडी कार्ड आवश्यक नपर्ने मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको जनाएको छ ।

नागरिक, पासपोर्ट र मतदाता परिचय पत्र नहुँदा धेरै नागरिकहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन बन्चित भएका थिए । परिचयपत्र नभएपनि अब योग्य नागरिकले खोप लगाउन सक्नेभएका छन् ।

नागरिक, पासपोर्ट र मतदाता परिचय पत्र नहुँदा धेरै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्