Logo

यसकारण महाभियोगको प्रस्ताव ल्याउनबाट एमाले रोक्कियो



काठमाडौं, २ फागुन । नेकपा एमालेले ६ वटा खाली कागजमा सांसदहरुको हस्ताक्षर तयार गरिरहेको छ । खाली कागजमा हस्ताक्षरलाई सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चका वरिष्ठ न्यायाधीशहरुविरुद्धको महाभियोग ल्याउने तयारीको रुपमा लिइएको छ ।

एमालेले भने महाभियोगको प्रस्ताव अहिले नै नलाने बताइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आवेगमा निर्णय नलिने बताइसकेका छन् ।

एमाले तत्काल महाभियोग प्रस्ताव लानबाट रोक्किनुमा केही कारण छन् । महाभियोग लाँदा न्यायाधीशहरुको हकमा सदनले नै प्रक्रिया बढाएर निलम्बनको परिस्थिति निर्माण गर्नुपर्छ । सभामुख अग्निप्रसाद सापकोटाले त्यस्तो प्रस्ताव अस्वीकृत गरिदिन सक्छन् । काँग्रेस नेता रामचन्द्र पौडेलले प्रस्ताव सभामुखले अस्वीकार गरिदिन सक्ने बताइसकेका छन् ।

यस्तो अवस्थामा एमालेले सभामुखलाई हटाउने प्रस्ताव सुरुमै लानुपर्ने वाध्यता रहन्छ । तर, जेष्ठ सदस्य आफू अनुकूलको नभई त्यो कदम भुत्ते सावित हुन सक्छ । अहिले सदनमा जेष्ठ सदस्यका रुपमा महेन्द्र राय यादव छन् । उनी सरकारमा कृषिमन्त्री छन् ।

सभामुख या उनको ठाउँमा जेष्ठ सदस्यले सदनको नेतृत्व सम्हालेमा प्रस्तावहरु टेबुल गर्ने र अगाडि बढाउने उनको हातमा पुग्छ । प्रस्तावहरु सदनको नेतृत्वले अड्काएर राखिदिनसक्छन् ।

सभामुखविरुद्ध हटाउने प्रस्ताव गएमा प्रक्रिया अगाडि बढ्छ । त्यतिबेला दुई तिहाई नपुगेमा असफल हुन्छ । त्यसले एमालेलाई काउन्टर हुनजान्छ । ओलीले यसकारण पनि आवेग र आक्रोशमा निर्णय नलिने बताए । सभामुख हटाउन दुई तिहाई पुग्ने अवस्था नबनेसम्म एमाले अगाडि नबढ्नसक्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्