भक्तपुर, ३ फागुन । भक्तपुरमा बसको ठककरबाट मोटरसाइकलमा सवार एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा दोलखा तामाकोसी गाउँपालिका–१ भीरकोट स्थायी घर भएका भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३४ वर्षीय देवेन्द्र कार्की रहेका छन् ।
सोमबार राति भक्तपुर–९ च्यामासिंह चोक नजिक बा ३ ख ४७६५ नम्बरको बसले बा ६१ प ६६१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । कार्की मोटरसाइकलको पछाडि बसेका कार्कीको गए राति साढे १० बजे मृत्यु भएको हो । मोटरसाइकल चालकको उपचार भइरहेको छ ।
मोटरसाइकल चालक दोलखा हावा–७ घर भई हाल भक्तपुर सूर्यविनायक–५ चनदेवी बस्ने २७ वर्षीय बलराम सुनुवारको उपचार भइरहेको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।