Logo

उपत्यकामा बन्दको प्रभाव समान्य, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन



काठमाडौं, फागुन ४ । एमसीसीको विरोधमा रहेका ५ दल र एउटा मोर्चा संगठनले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं समान्य रहेको छ । सवारी साधनहरु निर्वाध चलिरहेका छन् । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

उपत्यका विभिन्न स्थानबाट बन्द गराउँदै हिडेका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने एक जनालाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्द गराउनेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्