Logo

एमसीसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा



काठमाडौं, ४ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँबानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका हुन् ।

माओवादीनिकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्र्शनमा नेता श्रेष्ठ सहभागी भएका हुन् । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्