काठमाडौं, ४ फागुन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै प्रचार प्रसार गर्न पाउने भएका छन् ।
वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुने र दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगको अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि मात्र उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउने छन् । चुनाव हुने दिनभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ ।
मौन अवधिमा प्रचारप्रसार गर्न नपाईने व्यवस्था छ । आयोगको अनुसार बैशाख २८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् ।