Logo

मंसिर १९ गतेदेखि सुरु गरेको बाघ गणनाको काम सकियो

चितवन, ४ फागुन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंसिर १९ गतेदेखि सुरु गरेको बाघ गणनाको काम सकिएको छ । गणनाको सुरुवात चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट भएको थियो ।

देशका बाघ पाइने निकुञ्ज, आरक्षण तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघको गणना जारी छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको वरपरका मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रहरुमा तीनवटा कम्प्लेक्स बनाएर गणना गरिएको हो ।

पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ गरी जम्मा २३५ वटा बाघ भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्