Logo

जानकी फाइनान्सले बोलायो साधारण सभा, बोनस सेयर कति ?



काठमाडौं ४ फागुन । जानकी फाइनान्सले वार्षिक साधारण सभा शनिबार फागुन ७ का लागी बोलाएको छ ।

कम्पनीले १५ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्दैैछ साथै, कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पेश गरिनेछ ।

कम्पनीले बोनस वितरणमा ४७ लाख ४० हजार ६०० रुपैयाँ खर्च गर्न लागेको हो । सभा होटल मानकी इन्टरनेशनल प्रालि, शिवचोक जनकपुरमा बिहान १० बजे सुरु हुनेछ ।

बोनसपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने प्रस्ताव लैजाने छ । आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले सोमबार माघ २४ गतेबाट फागुन ६ गते सम्म बुक क्लोज मिति तोकेको छ ।



प्रतिक्रिया दिनुहोस्