Logo

लुम्बिनी विकास बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा, नपाएकाहरुले के गर्ने ?



काठमाडौं, ५ फागुन । लुम्बिनी विकास बैंकले १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको जनाएको छ ।

बैंकले मंसिर २६ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । मंसिर २६ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।

अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ बताइएको छ । त्यसपछि मात्र बोनस सेयर जम्मा गरिने बैंकले बताएको छ ।

बैंकको पुस ९ गते सम्पन्न सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्