एजेन्सी, ५ फागुन। भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा एक विवाह समारोहमा १३ जना महिला र बालिकाको इनारमा खसेर मृत्यु भएको छ । विवाहको विधिका लागि इनारमाथि जालीमा पुजा गर्न बसेको १३ महिला र बालिकाहरुको जाली भाँच्चिदा मृत्यु भएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेको छ ।
यसका साथै दर्जनौं घाइते भएको भारतीय संचारमाध्यहरुले जनाएका छन् । दुर्घटनाको जानकारी पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले गाउँका बासिन्दाको सहयोगमा १३ जनाको शव कुवाबाट निकालिएको जनाइएको छ । जाली भाँच्चिई कुवामा खसेकाहरु मध्ये १० जनाको एम्बुलेन्स समयमा नपुग्दा ज्यान गएको स्थानीयले जनाएको जनाइएको छ ।
यसैबीच ,प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गदै मृतकका परिवारका लागि २ लाख र घाईतेका लागि ५० हजार दिने घोषणा गरेका छन् । त्यस्तै, उत्तर प्रदेशका मुख मन्त्रीले समेत उता घटना प्रति दुख व्यक्त गरेका छन्।-Photo: Agency