Logo

आइएमई जनरल इन्सुरेन्सले हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं, ५ फागुन । आइएमई जनरल इन्सुरेन्सले फागुन २२ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १०ः४ अनुपातमा ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०५ हकप्रद बिक्री गर्न लागेको हो ।

उक्त हकप्रद सेयरको लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । हकप्रद सेयरमा लगानीकर्ताले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आइएमई जनरलको हकप्रदलाई इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरलको काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्