काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक डाकेका छन् । अपरान्ह २ बजे बस्ने बैठकमा सरकारका नियुक्तिसम्बन्धी केही महत्वपूर्ण निर्णयहरु हुँदैछन् ।
नेपाल प्रहरीका तीन एआइजीको बढुवा, आर्थिक क्षेत्र सम्वद्ध विभिन्न निकायहरुमा नियुक्तिहरुको निर्णय हुने बुझिएको छ ।
एमसीसीका कारण सत्ता गठबन्धन टुट्ने परिस्थिति विकास भएपछि आज निर्णयहरु नअड्काउने गरी सरकारले कदम चाल्ने बुझिएको छ ।-File Photo