विराटनगर, ५ फागुन । सुनसरीको धरान उपमहानगरपालिका–४ अन्तर्गत जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको स्थानमा अर्को झोलामा शरीर पनि भेटिएको प्रहरीले जनाएको छ ।
धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा एउटा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको थियो ।
जंगलमा दाउरा खोज्न गएका स्थानीयले झोलाभित्र शव देखेपछि प्रहरीलाई बोलाएका थिए । मृतकको हालसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ ।