Logo

गठबन्धन जोगाउने र एमसीसीलाई निकास दिने हाम्रो जोड होःप्रचण्ड



काठमाडौं, ५ फागुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म गठबन्धन जोगाइने बताएका छन् ।

एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि उनले आफूहरु जसरी पनि गठबन्धन जोगाउनेमा लागेको प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष प्रचण्डले गठबन्धनका पाँचौ दललाई कसरी जोगाउने र एमसीसीलाई कसरी निकास दिनेबारेमा छलफल केन्द्रीत भएको पनि बताए ।

सत्ता गठबन्धन दलको संयुक्त बैठक आज बेलुका ५ बजे बस्दैछ। एमसीसीको विषयलाई लिएर गठबन्धनबीच तीव्र मतभेद कायम भएका बेला आज बेलुका बैठक बस्न लागेको हो।



प्रतिक्रिया दिनुहोस्