Logo

वन निगमका सीईओ भट्टराई बर्खास्त



काठमाडौं, ५ फागुन । आज बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को आज बसेको नियमित बैठकले अधिकृत भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भट्टराई ४ वर्षका लागि नियुक्त भएका थिए । भट्टराईमाथि ठगी मुद्दा लागेको छ ।

 



प्रतिक्रिया दिनुहोस्