Logo

रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त



काठमाडौं, ५ फागुन । सरकारले धीतोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

बोर्ड अध्यक्षका लागि अन्तिम छनोटमा परेका हमालसहित कृष्णराज पोखरेल र डा. गणेश भट्टको नाम सिफारिश भएको थियो । ती नाममध्येबाट डोटीका हमाल नियुक्त भएका हुन् ।

सुदूरपश्चिमका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको साथ मिल्यो ।



प्रतिक्रिया दिनुहोस्