Logo

एमसीसीबारे गठबन्धनको बैठकमा सहमति जुटेन, बैठक भोलि विहान १० बजे बस्ने



काठमाडौं, ५ फागुन । सत्तापक्षीय गठबन्धनको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन् । बैठक भोलि पनि बस्ने जनाईएको छ ।

बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा मुलुकको विकसित राजनीतिक घट्नाक्रमबारे छलफल भएको जनाए । उनले भने,”संसद्लाई कसरी सुचारु गर्ने, एमसीसीलाई संसद्मार्फत कसरी निश्कर्षमा पुर्याउने भन्नेबारे छलफल भएको छ, बैठक भोलि विहान १० बजे फेरि बस्नेछ । थप निर्णय बैठकले गर्नेछ ।”

एमसीसी फागुन १६ गतेसम्म पारित गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेको पनि मन्त्री कार्कीले सुनाए । उनले एमसीसीलाई फागुन १६ गतेभित्र नै निश्कर्षमा पुर्याउने भनेर आजको छलफल केन्द्रित भएको सुनाए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्