काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा पूनः एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा फर्किएर भेटवार्तामा जुटेका छन् । बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि प्रधानमन्त्री देउवा बैठकलगत्तै सिधै ओली निवास बालकोट पुगेका थिए ।
पत्नी डा. आरजु देउवाका साथ बालकोट पुगेका देउवा केहीबेर छलफल गरेपछि बाहिरिएका थिए । तर, बालकोटबाट बालुवाटार फर्कदैं गर्दा एमाले नेताहरु बालकोट भेला भएका थिए । र, प्रधानमन्त्री देउवा बीच बाटोबाटै पूनः बालकोट फर्किएका छन् ।
अहिले पनि भेटवार्ता जारी छ।प्रधानमन्त्री देउवाले एमसीसी सदनबाट पातिर गराउनको लागि एमालेको साथ खोजेका छन् । ओलीले भने पाँच दलीय गठबन्धन तोडेर आए एमसीसी पास गराउन सघाउने वचन दिएका छन् ।