काठमाडौं, ६ फागुन । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको हो । अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा निश्कर्षमा पुग्नेगरि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गठबन्धनका नेताहरुसँग निर्णायक छलफल गर्न लागेका हुन् ।
हिजो पनि गठबन्धनको बैठक बसेको थियो । हिजोको बैठकमा सहमति नभएपछि आज नेताहरु पूनः छलफलमा जुटेका हुन् । हिजै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरिसकेका छन् ।
यता, आजै गठबन्धनका शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, उपेन्द्र यादवले छुट्टै छलफल गरेका थिए । प्रचण्ड निवासमा छुट्टै छलफलपछि उनीहरु बालुवाटार बैठकमा पुगेका हुन् । file photo