Logo

आइतबारको बैठकमा एमसीसीबारे सकारात्मक निश्कर्ष निकाल्ने सरकारका प्रवक्ता कार्कीको दाबी



काठमाडौं, ६ फागुन । सत्ता गठबन्धनको बैठक बिना निश्कर्षा सम्पन्न भएको छ। अर्को बैठक फागुन ८ गते आइतबार विहान १० बजे बस्ने तय भएको छ । तर, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बस्ने बैठकले एमसीसीबारे सकारात्मक निश्कर्ष निकाल्ने दाबी गरेका छन् ।

बालुवाटारमा बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै मन्त्री कार्कीले भने,‘पर्सि बिहान १० बजे गठबन्धनको बैठक फेरि बस्छ। त्यो बैठकले सकारात्मक निष्कर्ष निकाल्छ ।’ त्यस्तै, उनले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो भएको भेटवार्तालाई संसद्को गतिरोध अन्त्यको लागि भएको पनि स्पष्ट पारे ।

file photo



प्रतिक्रिया दिनुहोस्