Logo

एमसीसीकै कारण गठबन्धन फुट्न सक्छ: गगन थापा



काठमाडौँ, ६ फागुन। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीकै कारण गठबन्धन फुट्ने सक्ने बताएका छन् । आज (शुक्रबार) संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रा बीचमा कुरा मिलेर, हामी सँगै हिँड्न तयार भएर गठबन्धन बनेको हो । अब हाम्रो कुरा मिल्दैन भने सँगै हिँड्न सक्दैनौँ ।’ महामन्त्री थापाले प्रधानमन्त्री छँदा माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि केपी ओलीसम्मले एमसीसी अगाडि बढाएको बताउँदै अब एमसीसीबारे ‘वार कि पार’ हुनुपर्ने बताए ।

उनले एमसीसीको भारी कांग्रेसलाई मात्र बोकाउने प्रयास गठबन्धनबाट भएको बताउँदै भने, ‘एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ ।’



प्रतिक्रिया दिनुहोस्